back
NMB ad

प्रत्येक घण्टा सडक दुर्घटनामा १७ जनाको निधन !

Kumari bank ad

नयाँ दिल्ली । सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढे तीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक दिन करिब ४०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गर्छन् ।

भारतीय सञ्चारमध्यमहरु भन्ने गर्छन्, भारतमा आतङ्कवादी हमला वा प्राकृतिक प्रकोपबाट भन्दा सडक दुर्घटनाका कारण बढी संख्यामा मानिसले ज्यान गुमाउने गरेका छन् । हालै एक भारतीय पत्रिकाले लेखेको छ– भारतमा हरेक दिन करिब ४०० नागरिकको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको छ र यो सङ्ख्या हरेक दिन एउटा जेट विमान दुर्घटनाग्रस्त भएर नागरिकको मृत्यु भएको भन्दा पनि अझै केही बढी हो ।

यस सम्बन्धमा भारतीय सरकार नै गम्भीर हुन नसकेको गुनासो नागरिकले व्यापक मात्रामा गर्ने गरेका छन् । सडक दुर्घटना नियन्त्रण गर्न सरकारको पछिल्लो दुई वर्षको प्रयास व्यापक रुपमा केन्द्रित भएको र यसपूर्व खासै ध्यान नदिने गरिएकाले पहिलेको हेलचेत्र्mयाईंका कारण मुलुकले यस्तो परिणाम भोग्नु परेको उनीहरुको दाबी छ ।

१९ असार २०७३, १।००

वि.सं.२०७३ असार १९ आइतवार १४:५० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...