back
NMB ad

लमजुङमा थपिए चार हजार ७२९ मतदाता

Kumari bank ad

लमजुङ । लमजुङमा चार हजार ७०० बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले अभियानस्वरूप सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमबाट चार हजार ७२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले मंसिर १७ गतेदेखि सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा जिल्लाका चार हजार ७२९ जना र जिल्ला वाहिरका ३२ जनाले नाम दर्ता गराएका हुन्।

जिल्लामा पहिलो चरणमा मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका, मर्स्याङदी गाउँपालिका र दुधपोखरी गाउँपालिकामा नामावली संकलन सुरु भएको थियो । मंसिर १७ गतेदेखि २६ गतेसम्म भएको सो कार्यक्रममा मध्यनेपालका ८ सय ५८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यस्तै, सुन्दरबजारमा ५५२ जना, मर्स्याङदीमा ३७० जना र दुधपोखरीका १६६ जनाले नाम दर्ता गराएका छन् । यसैगरी, जिल्लाको राईनास नगरपालिका, दोर्दी र क्होलासोँथार गाउँपालिकामा फोटोसहित मतदाता नामावली संकलन कार्यक्रम दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुस ९ गतेसम्म भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी जिवाखर शर्माले बताए ।

दोस्रो चरणको अभियानमा राइनासका ७५० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने दोर्दी गाउँपालिकाका ५४७ र क्होलासोँथार गाउँपालिकामा ४५२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सुचना अधिकारी शर्माको भनाई छ । स्थानिय तहबाहेक निर्वाचन कार्यालयमा ६ सय ८३ जना र जिल्ला प्रशासन कार्यालय लमजुङमा ३ सय १९ जनाले नाम दर्ता गराएको सूचना अधिकारी शर्माले बताए ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रमबाट बाहिरी जिल्लाका ३२ जना नागरिकहरुले पनि नाम दर्ता गराएका छन् । लमजुङमा २०७७ ५ पुस गते प्रकाशितत अन्तिम मतदाता नामवलीअनुसार जिल्लामा १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार ०८:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...