काठमाडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला मध्य भोटीकोशी जलविद्युतसहित ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म मध्य भोटेकोशीको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता २३ रुपैयाँ ५० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य यतिबेला २५९ रुपैयाँ १० पैसा कायम भएको छ ।
यतिबेला कालिका पावरको सेयर मूल्य ९.२५ प्रतिशत, हिमालयन उर्जा विकासको ९.१९ प्रतिशत, नेपाल हाइड्रो डेभलपरको ९.०७ र यूनियन हाइड्रोपावरको ८.२९ प्रतिशतले वृद्धि भएको हो ।
वि.सं.२०७८ पुस २५ आइतवार १३:४२ मा प्रकाशित