back
NMB ad

छ महिनामा पौने २ अर्बको अवैध सुन बरामद, राजस्व संकलन र पुँजीगत खर्चमा कमी

Kumari bank ad

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले राजस्वमा कमी आइरहेको स्वीकार गरेका छन् । संसदको लेखा समितिको आइतबार भएको छलफलमा उनले पछिल्लो समयमा सरकारको लक्ष्य अनुसार नभई राजस्व संकलनमा गिरावट आएको स्वीकारेका हुन् ।

सरकारले चालु आर्थिक बर्षको लागि ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको भएपनि चालु आर्थिक बर्षको ६ महिना वित्तिसक्दा जम्मा ३९.९३ प्रतिशत अर्थात ४ खर्ब ७१ अर्ब रुपैयाँ मात्र संकलन गरेको छ महालेखा नियन्त्रणको कार्यालयले देखाएको छ ।

त्यस्तै उनले पुँजीगत खर्च कम हुनुमा ‘बजेट होलिडे’ र मन्त्रीपरिषद्को विस्तारमा भएको ढिलाई मुख्य कारण रहेको पनि जिकिर गरे । उनले भने, ‘हामीले समयमा नै मन्त्रीपरिषद् विस्तार गरेर बजेटको कार्यान्वयनमा गएको भए अहिले पुँजीगत खर्च राम्रो गतिमा अगाडी बढ्थ्यो तर ति सवैकाम समयमा हुन सकेनन् । जसको असर पुँजीगत खर्चमा पर्यो ।’

सरकारले पुस २४ गतेसम्म जम्मा ९.२१ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आर्थिक बर्षको लागि सरकारले ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ।

त्यस्तै अर्थसचिव मरासिनीले चालु आर्थिक बर्षमा १ अर्ब ८२ करोड रुपैयाँ बराबरको १५५ केजी सुन भन्सारमा यात्रुहरुको दुरुपयोग भइ ल्याएको सुन समातिएको बताए । सो सुनबाट सरकारले १४ करोड ७० लाख रुपैयाँ राजस्व उठाएको पनि दावी गरे ।

 

वि.सं.२०७८ पुस २५ आइतवार १४:१७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...