back
NMB ad

तरलताको समस्या हट्दै, हप्तामै कर्जाको तुलनामा ६३७ प्रतिशतले बढ्यो निक्षेप

Kumari bank ad

काठमाडौ । तरलताको समस्याले जकडिएको बैकिङ क्षेत्रले पछिल्लो समयमा राहत महसुस गरिरहेको छ । पुस २३ गतेसम्ममा बाणिज्य बैंकमा मात्र ७८ अर्ब रुपैयाँ निक्षेप आएको छ ।

जुन चालु आर्थिक बर्षकै सवैभन्दा धेरै हो । चालु आर्थिक बर्ष लागेसँगै बैकिङ क्षेत्र तरलताको अभाव झेलिरहेको थियो । तर पुँजीगत खर्चमा भएको बृद्धि, रेमिट्यान्स आप्रवाहमा भएको बृद्धिसँगै बजारमा तरलता आउन थालेको हो ।

नेपाल बैंकर्स संघका अनुसार गत हप्ता मात्र बाणिज्य बैंकहरुमा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सहकारी सरह बैंकहरुले निक्षेपमा व्याज दिन थालेपछि सहकारी क्षेत्रको रकम पनि बैंकहरुमा आएकोले बैंकहरुको निक्षेप बढेको सहकारीहरुको आरोप रहेको छ ।

यो अवधिमा बाणिज्य बैंकहरुले २४ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् । तरलता अभावका कारण बैंकहरुले पछिल्लो समयमा नयाँ कर्जा प्रबाहमा रोक लगाएका थिए ।

गत हप्ता मात्र बाणिज्य बैंकहरुले ८ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् जुन कर्जाको तुलनामा ६३७.५ प्रतिशतले बृद्धि भएको बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

वि.सं.२०७८ पुस २६ सोमवार १४:३२ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...