back
NMB ad

६.८ प्रतिशतले घट्यो रेमिट्यान्स, पाँच महिनामा ३८८ अर्ब ५८ करोड कायम

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ६.८ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई ३८८ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

वि.सं.२०७८ पुस २९ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...