काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द भएको छ । बैंकले माघ ४ गतेका लागि बोलाएको विशेष साधारण सभा रद्द भएको हो ।
एक सूचना निकाल्दै बैंकले हिमालयन बैंकसँगको मर्जर प्रस्ताव पारित गर्नका लागि बोलाइएको उक्त सभा मर्जर प्रस्ताव अस्वीकृत भएसँगै रद्द भएको जनाएको छ ।
कम्पनीको पुस ११ गतेको सञ्चालक समितिको बैठकले काठमाडौंको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा विहान ११ बजे सभा बोलाएको थियो ।
कम्पनीको पुस ३० गतेको वार्षिक साधारण सभाले हिमालयन बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेकाले विशेष साधारण सभा नगर्ने निर्णय कम्पनीले गरेको हो ।
वि.सं.२०७८ माघ २ आइतवार १४:०१ मा प्रकाशित