back
NMB ad

फ्रान्समा युरोकपः कलेजदेखि क्यासिनोसम्म करोडौँको बाजी

Kumari bank ad

काठमाडौं । फ्रान्समा जारी युरोकपको सेमिफाइनल चरणका खेल बुधबारदेखि सुरु भएका छन् । नेपालमा पनि युरोकपप्रतिको ‘फिबर’ बढ्दो छ ।

फुटबलप्रतिको लगाव मात्र होइन, करोडौँको बाजीसमेत हुने गरेको छ । युरोकपका खेलमा हजारौँ नेपालीले बाजी लगाउँदै आएका छन् ।

नेपालमा सट्टाबाजको धन्दामा अन्तर्राष्ट्रिय संगठित गिरोह नै सक्रिय छ । स्रोतका अनुसार दैनिक काठमाडौंमै करोडौँको हारजित हुने गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले सट्टाबाज धन्दामा संलग्नहरू निगरानीमा रहेको बताए ।

उनले भने, ‘दुईजनालाई पक्राउ पनि गरिसकेका छौँ, उनीहरूको नेटवर्कमाथि अनुसन्धान भइरहेको छ ।’ प्रहरीको अध्ययनअनुसार नेपालमा चार–पाँच समूहले सट्टेबाज धन्दा चलाइरहेका छन् । तीमध्ये नागराजका नामले चिनिने अमृत अग्रवालको नेटवर्क सबैभन्दा ठूलो छ । प्रहरी स्रोतका अनुसार अग्रवालका मुख्य सहयोगीमा गौरव र सौरभ तिवारी छन् ।

तिवारी दाजुभाइले उपत्यकाभरि विभिन्न एजेन्टमार्फत बाजी खेलाउँदै आएका छन् । सोही समूहका दुईजनालाई महानगरीय प्रहरी वृत्त जनसेवाले ३० जेठमा पक्राउ गरेको थियो ।

न्युरोडको आरबी कम्प्लेक्सबाट दीपकरत्न शाक्य र सागर खड्गी पक्राउ परेका थिए । विभिन्न व्यक्तिबाट उठाइएको करिब तीन लाख रकम पनि प्रहरीले बरामद गरेको थियो । मोबाइलमा बाजीको रेट आदानप्रदान भएको एसएमएसहरू फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धानमा श्रीकान्त अग्रवालसँग मिलेर उनीहरूले सट्टेबाज धन्दा चलाएको खुलेको जनसेवा वृत्तका डिएसपी विनोद घिमिरेले बताए । श्रीकान्त अमृतका भाइ हुन् । उनी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रायः दुबईमा बस्ने अमृतको मुख्य धन्दा नै सट्टाबाज र हुन्डी हो । नेपालमा सहयोगीमार्फत वर्षभरि नै उनले यस्तो धन्दा चलाउने गरेको प्रहरीले जनाएको छ । इन्डियन प्रिमियर लिग ९आइपिएल०मा उनले सट्टेबाजको ठूलो कारोबार गर्ने गरेका छन् । पाँचतारे होटेलमा बसेर उनले धन्दा चलाउने गरेको स्रोत बताउँछ । प्रहरी स्रोतका अनुसार ललितपुरमा राजु बोगटीले सो समूहसँग मिलेर बाजी खेलाउने गरेका छन् । ठमेलमा विभिन्न रेस्टुरेन्ट व्यवसायी र गुन्डागर्दीमा सक्रिय व्यक्ति पनि धन्दामा लागेका छन् ।

वैशाखको पहिलो साता महानगरीय अपराध महाशाखाले बालुवाटारस्थित मल्पी इन्टरनेसनल कलेजका डिसिप्लिन इन्चार्ज ९डिआई० सुदीप गुरुङलाई उनका साथी साङ्गे ठकुरीसहित पक्राउ गर्यो ।

गुरुङले कलेजकै विद्यार्थीलाई आइपिएल तथा युरोपियन फुटबल लिगको बाजी खेलाइरहेका थिए । केही विद्यार्थीले लाखौँ हारेको उजुरी अभिभावकबाट परेपछि प्रहरीले कलेजमा छापा हानी बुकी खुलाउने गुरुङ र केही विद्यार्थीलाई समेत पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा एउटै कलेजमा दैनिक १० लाखभन्दा धेरै रुपैयाँको बाजी चल्ने गरेको खुलेको थियो । कुनै समूहसँग सहभागी नभई उनीहरूले आफैँ रेट बनाएर खेलाउने गरेका थिए ।

स्रोतका अुनसार संगठित गिरोहले बैंक, कलेज तथा व्यवसायी समूहमा एजेन्ट बनाएर बाजी खेलाउँदै आएका छन् । एजेन्टले कमिसन पाउने भएकाले खेल्नेले जिते पनि वास्तविक रेटभन्दा थोरै कमाउँछन् । ठूलो खेल भने राजधानीका क्यासिनोमा हुने गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ असार २३

वि.सं.२०७३ असार २३ बिहीवार १०:१० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...