back
NMB ad

भारतले २४ प्रतिशतले घटायो नेपाललाई दिने अनुदान, बंगलादेश र माल्दिभ्सको बृद्धि

Kumari bank ad

काठमाडौ । भारतले नेपाललाई दिने अनुदान २४ प्रतिशतले घटाएको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि मंगलबार संघिय संसदमा पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान घटाएको हो ।

चालु आर्थिक बर्षको २०२१÷२२ को लागि भारतले नेपाललाई ९ अर्ब ९ अर्ब ९२ करोड अर्थात् १५ अर्ब ८७ करोड रुपैयाँ बरारको बजेट छुट्याएको थियो । तर आगामी आर्थिक बर्षको लागि भने भारतले नेपाललाई दिने सहयोग कम गरेको हो ।

उसले नेपाललाई दिदै आएको अनुदान २ अर्ब ४२ करोड भारुले घटाएपनि बंगलादेश र माल्दिभ्सलाई दिने सहायता रकम भने बढाएको छ । चालु आर्थिक बर्षका लागि भारतले बंगलादेशलाई २ अर्ब भारु छुट्याइएकोमा आगामी बर्षका लागि एक अर्ब भारु बढाएर ३ अर्ब छुट्याएको भारतीय वित्तमन्त्री सितारमणले पेश गरेको बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै, माल्दिभ्सलाई दिने सहयोग रकममा पनि भारतले १ अर्ब १० करोड भारु बढाएर ३ अर्ब ६० करोड भारु पुर्याएको छ । चालु आर्थिक बर्षको लागि भारले माल्दिभ्सलाई २ अर्ब ५० करोड भारु छुट्याएको छ ।

त्यस्तै भारले अफगानिस्तानलाई दिइने सहयोग रकम घटाइएको छ। अफगानिस्तान अहिले माननीय संकटबाट जुधिरहेको छ । यो समयमा अफगानिस्तानलाई थप सहयोग चाहिएको छ । तर चिन सरकारसँग नजिक भएको भन्दै भारतले अफगानिस्तानको लागि जाने बजेटमा कटौति गरेको हो ।

चालु आर्थिक बर्षको लागि भारतले अफगानिस्तानको लागि ३ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको थियो भने आगामी आर्थिक बर्षको लागि एक अर्ब ५० करोड रुपैयाँ घटाएर २ अर्ब रुपैयाँ भारु छुट्याएको छ ।

त्यस्तै कर्जाको समस्यामा परिरहेको श्रीलंकाको लागि भारतले २ अर्ब भारु छुट्याएको छ । जुन चालु आर्थिक बर्षको लागि पनि सोही रकम बराबरको बजेट छुट्याएको थियो । त्यस्तै भुटानलाई दिने सहायतामा पनि भारतले कमी गरेको छ ।

भुटानलाई सन् २०२२/२३ मा २२ अर्ब ६६ करोड भारु सहयोग प्रस्ताव गरिएको छ। यो चालु आर्थिक बर्षको लागि छुट्याएको रकमको ७ अर्ब ३४ करोडले घटाएको छ ।

 

वि.सं.२०७८ माघ १८ मंगलवार १४:४७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...