काठमाडौं । एनएमबि बैंकको डुम्रे शाखा स्थानान्तरण हुने भएको छ ।
बैंकको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका–१ डुम्रे स्थित शाखा माघ २३ गतेदेखि स्थानान्तरण हुने भएको हो ।
उक्त शाखा अब बन्दीपुर गाउँपालिका–१ वेशीशर चोक स्थित नयाँ भवनबाट सम्पूर्ण बैकिङ कारोबार संचालन हुनेछ ।
वि.सं.२०७८ माघ १९ बुधवार १२:४७ मा प्रकाशित