back
NMB ad

खल्तीद्धारा आईफोन १३ र १ रुपैयाँमा फ्लाइट टिकट जित्ने योजना सार्वजनीक

Kumari bank ad

काठमाडौँ । नेपालको लोकप्रिय अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले नयाँ योजना सार्वजनीक गरेको छ ।

सार्वजनीक योजना अनुसार एक रुपैयाँमा नै फ्लाईट टिकट र फ्टाइट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्रदाने गर्ने जनाएको छ । कम्पनीका अनुसार हरेक दिन एक जनालाई रू.१ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ ।

‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा रु.१२०० सम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथै विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सकिन्छ ।

यो अफर २३ माघ देखि फागुन ३०,२०२२ सम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।

यस अफरको बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो । यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो।”

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको ‘खल्ती डिजिटल वालेट’ ले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आईरहेको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा ‘खल्ति’ले योगदान दिँदै आएको छ ।

वि.सं.२०७८ माघ २५ मंगलवार १३:३६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...