काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बुधवार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनी अझै ७७ लाख २ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । यद्यपि, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने नोक्सानी घटाएको हो । गत वर्षको सोही अवधिमा कम्पनी २ करोड ३ लाख ७० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी नरहेपनि वित्तीय आम्दानी बढेकाले नोक्सानी घटेको हो । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको वित्तीय आम्दानी १ करोड ९९ लाख १३ हजार रुपैयाँ रहेको छ ।
यस्तै, चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफा पनि २ करोड ७६ लाख २२ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको संचालन मुनाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा २ करोड ४८ लाख १७ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष २८ करोड ५ लाख ४९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २६ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ९५ रुपैयाँ ३२ पैसा रहेको छ ।
वि.सं.२०७८ माघ २६ बुधवार ११:४४ मा प्रकाशित