back
NMB ad

ग्रामीण विकास लघुवित्तले कमायो १९ करोड नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको पुुस मसान्तसम्ममा कम्पनीको १९ करोड २६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ८४ लाख १० हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १३.२३ प्रतिशतले वृद्धि भई ६३ करोड २१ लाख ९५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने ५५ करोड ८३ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा २८ करोड ५४ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १ अर्ब २० करोड ४९ लाख ८३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि ४.७१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ६४ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १२:१४ मा प्रकाशित

You can share this post!

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...