back
NMB ad

अभिकर्ता र सर्भेयरको वार्षिक नविकरणका लागि बीमा समितिमा धाउनु नपर्ने, अनलाईनबाटै गर्न सकिने

Kumari bank ad

काठमाडौं । बीमा अभिकर्ता तथा बीमा सर्भेयरको वार्षिक नविकरण अनलाईबाटै गर्न सकिने भएको छ ।

चैत पहिलो सातादेखि अभिकर्ता तथा सर्भेयरले अनलाइन नविकरणको सुविधा पाउने भएका हुन् ।

बीमा अभिकर्ता तथा सर्भेयरको नविकरण पद्दती तथा लाइसेन्स लिने प्रकृयाँलाई छिटोछरितो बनाउनका लागि अनलाइन प्रणाली व्यावस्था गरिएको बीमा समितिले जनाएको छ ।

समितिका प्रवक्ता राजुरमण पौडेलका अनुसार अभिकर्ताले बीमा समितिको अनलाइन प्रणालीबाट सजिलै नविकरण गर्नुका साथै अनलाइन प्रणालीबाटै नविकरण शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । यो सँगै बैशाख पहिलो सातादेखि अनलाइन प्रणालीबाटै अभिकर्ताले नयाँ लाइसेन्स पाउने छन् ।

अभिकर्ताको नविकरण तथा लाइसेन्स लिने प्रणालीमा हुने झण्झलाई समेत अनलाईन प्रणालीले सहजिकरण गर्ने उनको भनाई छ । हाल कम्पनी आफैले एउटा कोड बनाउने र सोहि कोड मार्फत बीमा पोलिसी बिक्री गर्ने व्यवस्था छ । नियम अनुसार अभिकर्ता तथा सर्भेयरको लाइसेन्स दिने तथा नविकरण गर्ने प्रमुख जिम्मेवारी बीमा समितिको हुन्छ ।

सुरुमा कम्पनी आफैले कोड दिने र केहि समय पछि मात्रै त्यो कोडलाई बीमा समितिबाट स्वीकृत गराउदा अभिकर्ताकै आधिकारिकता प्रति प्रश्न उठेपछि यसलाई पुर्ण रुपमा अनलाइन बनाउन लागिएको हो । अव अनलाइनबाटै अभिकर्ताले कोड लिने र नविकरणको सुविधा लिने छन् ।

बीमा सर्भेयर तथा अभिकर्ताले हरेक चैत महिना भित्रमा वार्षिक नविकरण गर्नुपर्ने हुन्छ । यदि नविकरण भएको छैन भने उक्त अभिकर्ताले पोलिसी बिक्री गर्न मिल्दैन ।

यहि असहजतालाई मध्यनजर गर्दै बीमा समितिले स्वचालित अनलाइन प्रणालीको विकास गरिरहेको छ । जसमा अभिकर्ताले बीमा समितिको वेवसाइट मार्फत नविकरण गर्नुका साथै आवस्यक शुल्क पनि भुक्तानी गर्न पाउने छन् । पहिलो चरणमा चैत पहिलो सातादेखि नविकरणको सुविधा उपलब्ध गराइने भएको छ । दोस्रो चरणमा बैशाख पहिलो सातादेखि बीमा समितिको वेवसाइटबाटै लाइसेन्सका लागि आवेदन दिन पाइनेछ ।

हाल बीमा कम्पनी आफैले लाइसेन्स दिदै आएकोमा बैशाख पहिलो सातादेखि बीमा समितिको वेवसाइटबाट आवेदन दिन सकिनेछ । यसका लागि सबैभन्दा पहिला बीमा कम्पनीले सम्बन्धित व्यक्तिलाई अभिकर्ताको तालिम दिनेछ । कम्पनीले उक्त अभिकर्तालाई तालिम दिएको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्नेछ । सोहि समयमा अभिकर्ताले अनलाइन प्रणालीबाट आवेदन दिने छ । आवेदन दिदा बीमा कम्पनीले दिएको र थप प्रमाणपत्र अपलोड गर्नुपर्ने छ ।

बीमा समितिले अभिकर्ताले दिएको निवेदन र बीमा कम्पनीले उपलब्ध गराएको विवरणलाई हेरेर अभिकर्ताको लाइसेन्सका दिने छ । यस्तो लाइसेन्स पिडिएफ मार्फत सुरक्षित साथ आफैले प्रिन्ट गर्न सक्ने छन् ।

वि.सं.२०७८ फागुन ३ मंगलवार ११:५४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...