back
NMB ad

प्रधानमन्त्री भन्छन् विद्यार्थी फेल हुनुमा शिक्षक दोषी

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पठन पाठनको गुणस्तर सुधार गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिँदै विद्यार्थी फेल हुनुमा प्राध्यापकको दोष भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज आइतबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा यस्तो बताएका हुन् । सो क्रममा उनले शिक्षण विधि र परीक्षा प्रणालीमा सुधार गर्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका हुन्। उनले नयाँ पुस्ता धेरै तेज रहे पनि विश्वविद्यालयले समय सुहाउँदो शिक्षा दिन नसकेको बताए ।

सोही समयमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयले पढ्ने वातावरण नबनाएको तथा प्राध्यापकले राम्रो नपढाएका कारण विद्यार्थीहरु फेल हुने गरेको बताए । प्रधानमन्त्री ओलीले विश्वविद्यालयका प्राध्यापकहरुलाई पठनपाठन छोडेर राजनीतिमा लाग्नबाट रोक्न पनि विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो । त्रिवि विश्वका विश्वविद्यालयहरुको सूचीमा ४ हजार २ सय ४१ औं स्थानमा पर्छ ।

२६ असार २०७३, ४।००

वि.सं.२०७३ असार २६ आइतवार १६:१२ मा प्रकाशित

You can share this post!

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...