back
NMB ad

राष्ट्र बैंकको नीतिको प्रभाव ,माघ महिनामा पौने १३ अर्बले घट्यो आयात

Kumari bank ad

काठमाडौै । माघ महिनामा १२ अर्ब ८१ करोड २७ लाख ३८ हजारले आयात घटेको छ । नेपाल राष्ट्र बैंकले ४७ वटा बस्तुहरुको आयातमा कडाई गरेसँगै माघ महिनामा ति बस्तुहरुको आयातमा कमी आएका कारण कमी आएको हो ।

भन्सार विभागका अनुसार माघ महिनामा मात्र नेपालमा १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको आयात भएको छ भने पुस महिनामा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख ६६ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

नेपाल राष्ट्र बैंकले दुई चरणमा विलासिताको बस्तुहरुको आयातमा ५० र शतप्रतिशतको नगद मार्जिनको व्यवस्था गरेपछि आयातमा केही कमी आएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको सात महिनामा व्यापारघाटा ३८.४५ प्रतिशतले बढेर १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको ७ महिनामा व्यापारघाट ७ खर्ब ३३ अर्ब रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुँजीगत आयमा कमी आएको छ भने उपभोग्य बस्तुहरुको आयातमा बृद्धिभएको छ । चालु आर्थिक बर्षको ७ महिनामा देशभित्र ११ अर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको आयात भएको छ भने निर्यात १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

आयात र निर्यातमा भएको ठूलो खाँडलका कारण व्यापारघाटामा बृद्धि भएको हो । यसले देशको शोधनान्तर घाटामा थप चाप पर्ने देखिएको छ भने घट्दो विदेशी मुद्राको संचिति थप घट्ने देखिएको छ ।

 

 

वि.सं.२०७८ फागुन १० मंगलवार १४:०४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...