back
NMB ad

व्याजदर १८ प्रतिशतसम्म पुग्छ : रत्नराज बज्राचार्य

Kumari bank ad

काठमाडौ । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंक तथा वित्तिय संस्थाहरुले दिने निक्षेपको व्याजदर नै १८ प्रतिशतसम्म पुग्ने बताएका छन् । उनले पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको समस्या गहिरिदै गएको र यसले आगामी असारसम्ममा थप गहिरिएर निक्षेपको व्याजदर १८ प्रतिशतसम्म पुग्ने सम्भावना रहेको बताएका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा राजधानीमा आयोजित छलफल कार्यक्रममा उनले फागुन महिनामा नै निक्षेपको व्याजदर रेमिट्यान्समा १२.३ र अन्य निक्षेपमा ११.३ प्रतिशतसम्म रहेको छ, यही प्रकारले बढ्दै जाने हो भने १८ प्रतिशतसम्म पुग्ने बताए ।

उनले बैंक तथा वित्तिय संस्था अप्ठेरो अवस्थामा रहेको दावी गर्दै गत साता मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत नेपाल राष्ट्र बैंक आफैले २ प्रतिशत बैंक दर बढाएको र अब अन्य बैंकले पनि बढाउनुपर्ने भन्दै तरलता थप गहिरिएको प्रमाण भएको र यसले वित्तिय क्षेत्रमा समस्या हुने दावी गरे ।

त्यस्तै उनले बैंकहरुको पुँजीबृद्धिका कारण स्रोतको परिचालन अत्यधिक भएकोले तरलतामा दबाब परेको दावी गरे । उनले कर्जा लिनदेखि तत्काल नाफा कमाउनका लागि पनि उद्योग धन्दाभन्दा व्यापार नै सहज भएको भन्दै कर्जाको प्रबाह पनि सोही तर्फ केन्द्रित भएको स्वीकारे ।

त्यस्तै सो कार्यक्रमाम योजना आयोगका पूर्व सदस्य डा. गोविन्द नेपालले पछिल्लो समयमा सिमित मान्छेहरुले पहुँचको आधामा मात्र कमाइरहेको बताउँदै अधिकांश मानिसहरु गुजारा मात्र गरिरहेको र बाच्नका लागि संघर्ष गरिरहेको देखिएको बताए ।

उनले अव अर्थतन्त्रको गम्भीर समिक्षा गरेर अगाडी नबढ्ने हो भने ठूलो दुर्घटना हुने दावी गरे । व्यापारी र राजनीति मिसिएको उनले बताए। पैसा कमाउन राजनीति गर्ने र राजनीतिबाट कमाएर व्यापार गर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।

वि.सं.२०७८ फागुन ११ बुधवार १६:३४ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...