back
NMB ad

अनाथ बालबालिकालाई शिक्षा दिने स्कुलमा अक्षयकोष स्थापनाका लागि महापुराण

Kumari bank ad

काठमाडौं । अनाथ, असहाय, टुहुरा र जोखिममा परेका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको डि.आर. मेमोरियल स्कुलले अक्षयकोष स्थापनाका लागि सप्ताहव्यापी महायज्ञ आयोजना गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८, सुन्दरबस्तीमा रहेको स्कुलले स्कुलको खर्च व्यवस्थापनका लागि अक्षयकोष जुटाउन श्रीमत्भागवत महापुराणको आयोजना गरेको हो ।

स्कुलको प्रांङ्गणमा यही चैत्र १३ गतेदेखि १९ गतेसम्म हुने महापुराणमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्ने कार्यक्रम रहेको छ ।

२०६० सालदेखि निःशुल्करुपमा अनाथ, असहाय, टुहुरा, जोखिममा परेका तथा द्धन्द्धपीडित बालबालिकाहरूलाई शिक्षा, स्वास्थ्य तथा आवासीय सुविधा प्रदान गर्दै आएकोमा स्कुलको दिगो व्यवस्थापनका लागि समुदायमा आधारित भएर अक्षयकोष स्थापना गर्ने उद्देश्यले महापुराणको आयोजना गरिएको स्कुलकी संस्थापक अध्यक्ष राजन विश्वकर्माले बताइन् ।

‘मैले १८ वर्षदेखि निरन्तर यसको सञ्चालन गर्दै आएको छु, यहाँसम्म आइपुग्दा धेरै सहयोगी मनहरूले सहयोग गर्नुभएको छ, तर यसको निरन्तर व्यवस्थापनका लागि उपयुक्त श्रोत व्यवस्थापनको खाँचो छ,’ अध्यक्ष विश्वकर्माले भनिन्, ‘त्यसैका लागि हामीले अक्षयकोष स्थापना गर्ने र दिगोरुपमा स्कुलको व्यवस्थापन गर्ने लक्ष्य लिएका छौँ ।’ उनले अक्षयकोष स्थापनापछि विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार हुने अपेक्षा रहेको समेत बताइन् ।

महापुराणको चैत्र १३ गते नेपाली कांग्रेसका महामन्त्री एवम् यस क्षेत्रका प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महापुराणका लागि चैत्र १३ गते विहान ९ बजे कलशयात्राको कार्यक्रम रहेको छ । त्यसपछि निरन्तर कथावाचन हुनेछ ।

वि.सं.२०७८ चैत १० बिहीवार १०:४३ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...