काठमाडौं । मेगा बैंक नेपालको दुई शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले गण्डकी प्रदेश कास्की जिल्लाका दुई शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।
एक सूचना निकाल्दै बैंकले पोखार महानगरपालिका–६ मा रहेको लेकसाइक शाखा र पोखरा महानगरपालिका–८ मा रहेको सृजना चोक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको जनाएको छ।
यी दुवै स्थानका शाखा कार्यालयहरु तथा एटीएम क्रमशः सोही वडा भित्र करिब ७० मिटर उत्तर खहरे तर्फ र १२० मिटर पश्चिम जिरो किलो तर्फ चैत १३ गतेदेखि स्थानान्तर गरि कारोबार संचालन गरिने बैंकले जनाएको छ ।
सेफ डिपोजिट लकर लगायत अन्य थप जानकारीका लागि भने लेकसाइड शाखा ०६१४५८४४ र ०६१४५६८४६ तथा सृजनाचोक शाखाका लागि ०६१५३६०१६ र ०६१५३६०१७ मा सम्पर्क गर्न सकिने छ ।
वि.सं.२०७८ चैत १३ आइतवार १४:५९ मा प्रकाशित