back
NMB ad

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलद्वारा पदभार ग्रहण

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गर्नुभयो ।

उहाँलाई नेपाल सरकार मन्त्रिपरिषदको चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने बताउनुभयो । उहाँले ययो अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गर्नुभयो ।

सो अवसरमा उहाँले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरुलाई आम जनताको सहज र सुलभ पहुँचमा पु¥याउनका लागि हामी सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

उहाँले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पदभार ग्रहण गर्दै उहाँले नेपाल सरकारको सुचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहँुचमा पु¥याउने अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहं दायित्वबोधका साथ कम्पनीलाई नम्बर १ संस्थाका रुपमा कायम राख्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य बरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

प्रबन्ध निर्देशक पौडेल यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँले सो केन्द्रमा सन् २००४ देखि कार्यरत रही कम्प्युटर इञ्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी वहन गरिसक्नु भएको छ ।

उहाँले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गर्नुभएको थियो ।

वि.सं.२०७८ चैत २७ आइतवार १२:५५ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...