back
NMB ad

एनसीसी बैंकको १४ लाख २५ हजार कित्ता सेयर किन्ने मौका, कति बिक्री मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १४ लाख २५ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

मंगलबार एक सूचना निकाल्दै बैंकले संस्थापक सेयरधनी लक्ष्मी बहादुर श्रेष्ठको नाममा रहेको ३ लाख कित्ता, भुपेन्द्रराज गिरीको १५ हजार २५१ कित्ता र जेनिथ इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजको नाममा रहेको ११ लाख १० हजार ४१७ कित्ता संस्थापक सेयर बिक्री ल्याएको जनाएको हो । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि आजैका मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित सेयर विभागमा लिखित निवेदनसहित सम्पर्क गर्न सकिने छ ।

तोकिएको उक्त म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै प्रस्ताव नआएको अवस्थामा प्रचलित कानून बमाजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।

वि.सं.२०७८ चैत २९ मंगलवार १२:१५ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...