back
NMB ad

दोस्रो जनआन्दोलनका दोषि दुर्जकुमार सशस्त्रको कामू महानिरीक्षक

Kumari bank ad

काठमाडौं । सरकारले दोस्रो जनआन्दोलनका दोषि दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको कायम मुकायम महानिरीक्षकको जिम्मेवारी दिएको छ । भ्रष्टाचार अभियोग लागेका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्दै सरकारले एआईजी राईलाई कायम मुकायम महानिरीक्षकको जिम्मेवारी दिएको हो ।
मन्त्रिपरिषदको शुक्रबारको बैठकले एआइजी दुर्जकुमार राईलाई कामू महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । कार्यवाहक आइजीपीका लागि राईसँगै एआइजीहरु जीवन थापा र कृष्णकुमार तामाङ दौडमा थिए ।

अहिले कोषराज निलम्बनमा परेपछि कामु पाएका रार्इ आगामी चैतमा आइजीपी बन्ने छन् ।

मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सकिएको बैठकले वन्तले दिएको राजीनामा स्वीकृत गरेन । करोडौ भ्रष्टाचार गरेको भन्दै अख्तियारले वन्तलाई निलम्बन गर्न सिफारिस गरेको थियो । त्यसको भोलिपल्ट वन्तले राजीनामा दिए ।
तर मन्त्रिपरिषद् बैठकले वन्तले दिएको राजीनामा स्वीकृत नगरि अख्तियारको सिफारिस अनुसार निलम्बनको निर्णय गरेको हो । वन्तलाई तीन महिनालाई निलम्बन गर्ने निर्णय भएको हो ।
वन्तको कार्यकाल पनि चैत मसान्तसम्म मात्र थियो । कार्यकाल सकिन केही महिना मात्र बाँकी छँदा उनी निलम्बनमा परेका हुन् ।

वि.सं.२०७२ पुस ४ शनिवार ०७:०२ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...