back
NMB ad

पर्यटन बोर्ड र महासंघबीच सहमति, पर्यटन प्रवर्द्धनका लागि भारतीय शहरहरुमा रोड शो गर्ने

Kumari bank ad

काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो समझदारीपछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन् ।

बिहीबार महासंघको सचिवालय काठमाण्डौमा भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गर्नुभयो ।

समझदारी पत्रमा पर्यटन विकासमा विभिन्नतहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने उल्लेख छ ।

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसंग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।

कार्यक्रममा वोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताउनुभयो । उहाँले महासंघले लिएको पहल सकारात्मक भएको भन्दै यसको लागि बोर्ड मिलेर का मगर्न सधै तयार रहेको धारणा राख्नु भयो । ‘खासमा सीमा पर्यटन प्रर्वद्धनको लागि बोर्डका आफ्ना कार्यक्रमहरु प्नि रहेका छन् । पर्यटनसंग सम्बन्धित अन्य कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई पनिसँगै लैजान सकिन्छ ।’ उहाँले भन्नुभयो ।

कार्यकारी प्रमुख रेग्मीले नेपालको क्रस बर्डर पर्यटन प्रर्वद्धनका लागि बोर्ड नेपालगञ्ज,धरान र धनगढिमा पर्यटन मेला तथा मार्टहरु सञ्चालन गरिसकेको बताउँदै बोर्डले सीमा क्षेत्रका भारतीय पर्यटक ल्याउने गरी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद कार्यक्रम आयोजनाको प्रस्ताव गर्दै कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको छ । साथै नेपालले गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ पहल गर्नुपर्ने छ । यसमा मिलेर काम गर्दा राम्रो परिणाम आउँछ भन्ने विश्वास छ । ’उहाँले भन्नुभयो । अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटन लक्षित विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक रहको धारणा राख्नुभयो ।

अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताउनुभयो ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले दुर्व संस्थाबीचको सहकार्य सकारात्मक भएको उल्लेख गर्दै यसबाट नेपालको पर्यटनमा नयाँ सन्देश प्रभाव हुने बताउनुभयो ।

महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताउनुु भयो । महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिवद्धता जनाउनुु भयो ।

सो अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस नाटाका अध्यक्ष रमेश थापा,पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरू, बोर्डका निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको सहभागिता रहको थियो ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १७:३३ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...