back
NMB ad

सिटिजन्सले पनि ल्यायो प्रगति विवरण, करिब १ अर्ब ९ करोड नाफा !

Kumari bank ad

काठमाण्डौं । सिटिजन्स बैंकले पनि आफ्नो प्रगति विवरण सार्वजनिक गरेकोछ । सो सँगै बैंकले आर्थिक वर्ष २०७२÷७३ मा एक अर्ब आठ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको जानकारी दिएकोछ ।

अघिल्लो वर्ष बैंकको खुद नाफा ७२ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने अहिले बैंकले एक वर्षमा खुद नाफा करिब ३७ करोड रुपैयाँ बढाएको हो ।

बैंकले कर्जा लगानी तथा निक्षेप संकलनमा निकै बृद्धि गरेको छ । एक वर्षमा निक्षेप करिब १२ अर्ब र कर्जा करिब ११ अर्ब रुपैयाँ बढाएको हो । यो बृद्धिले पनि बैंकको नाफामा योगदान दिएको हो । बैंकमा गत असार मसान्तसम्म ५५ अर्ब ९९ लाख रुपैयाँ निक्षेप जम्मा भएको छ । त्यस्तै कर्जा लगानी ४० अर्ब ५६ लाख रुपैयाँ छ ।

बैंकले खुद व्याज आम्दानी ३५ करोड रुपैयाँ बढाएको छ । व्याज आम्दानीमा गरेको बृद्धिले नाफा एक अर्ब भन्दा माथि पुर्याउन बैंकलाई सजिलो भएको हो । २९ करोड रुपैयाँ अन्य सञ्चालन नाफाबाट प्राप्त भएको छ भने विदेशी विनिमय कारोबार बाट बैंकले १४ करोड रुपैयाँ कमाएको छ ।

६ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ७ शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...