back
NMB ad

१२ बुँदे घोषणपत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न (घोषणापत्र सहित)

Kumari bank ad

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेप्mस्कून)को आयोजनामा काठमाडौंमा जारी २ दिने चौथो साकोस शिखर गोष्ठी २०७९ सम्पन्न भएको छ ।

आईतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारको समेत सह आयोजना भएको गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गर्दै आज समापन भएको हो ।

बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्पmत मर्यादित श्रम सिर्जना, गरीवी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित यो १२ बुँदे साझा घोषणापत्र गोष्ठीले गरेको छ ।

‘दीगो एवम् एकीकृत सञ्जालका लागि नविनतम् साझा प्रविधि’ मुल भाव र संकल्पका साथ आयोजित गोष्ठीमा पाँच वटा सामुहिक र चार वटा ब्रेकआउट सत्रमा सञ्चालन भएको थियो । आईतबार शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभएको थियो ।

सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रबद्र्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामुहिक पैरवी गर्न गोष्ठीमा सहभागीहरुले प्रतिबद्ध जनाएका छन् । त्यस्तै एकीकृत सूचना प्रणाली कोपोमिसमा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न समेत सहकारी संस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागतरुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुन अनुसार १० करोड भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन समेत उनीहरु प्रतिबद्ध भएका छन् ।

२ दिने गोष्ठीको समापन गर्नुहुँदै नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गर्नुभयो ।

जारी घोषणा पत्रमा सहकारी संस्था, सरकारी निकाय, राजनीतिकदलहरुले समेत प्रतिवद्धता जनाएको समेत उहाँले बताउनुभयो । सहकारी सहकारी सञ्चालन गर्न र सफल सहकारीकर्मी बन्न व्यवहार र विश्वास हुनुपर्ने समेत उहाँको धारणा थियो ।

 


वि.सं.२०७९ असार १ बुधवार १२:५४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...