back
NMB ad

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारद्वारा नोबेल पदक बिक्री

Kumari bank ad

वासिङ्टन । रुसी समाचार आउटलेट नोभाया गजेटाका प्रधान सम्पादक दिमित्री मुराटोभको स्वामित्वमा रहेको नोबेल शान्ति पुरस्कार पदक संयुक्त राज्य अमेरिकामा बिक्री गरिएको छ । सो पदक लिलामी प्रक्रियाद्वारा १०३.५ मिलियन अमेरिकी डलर ( हेरिटेज अक्सन) मा बिक्री भएको हो ।

लिलामी शुरु हुनु अघि मुराटोभले उठाएको सबै पैसा पोल्याण्ड, रुस, जर्मनी, मोल्डोभा, स्लोभेनिया, चेक रिपब्लिक र हङ्गेरीलगायत देशहरूमा रहेका युक्रेनी शरणार्थीहरूलाई सहयोग गर्न युनिसेफलाई दिइने बताएका छन् । मुराटोभले २०२१ मा सो पदक जितेका थिए।

दिमित्री मुराटोभ र मारिया रेसाले सन् २०२१ को नोबेल शान्ति पुरस्कारका संयुक्त रूपमा पाएका थिए। अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उनीहरूको प्रयासको लागि सो पुरस्कार दिइएको थियो ।
युद्धबाट विस्थापित युक्रेनका बालबालिकालाई सहयोग गर्ने अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्दै उनले सो सहयोगको घोषणा गरेका हुन् ।

युक्रेनी शरणार्थी सङ्कटको पूर्ण दायरा मापन गर्न गाह्रो छ र दोस्रो विश्वयुद्धपछि युरोपमा अन्य कुनै पनि शरणार्थी सङ्कट भन्दा यो सङ्कट धेरै पेचिलो छ। मे २४ सम्म संयुक्त राष्ट्रसंघको अनुमान अनुसार ६६ लाख शरणार्थीले युक्रेन छोडेका छन्।

करिब ३५ लाखभन्दा बढी पोल्याण्ड, लगभग १० लाखभन्दा बढी रोमानिया, र १० लाख शरणार्थी रुसतर्फ भागेका छन् । यसै बीच हङ्गेरी, मोल्डोभा र स्लोभाकियाले शरणार्थीहरूलाई समायोजन गर्न सङ्घर्ष गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघले कम्तीमा दुई दर्जन भन्दा बढी देशहरूमा १०,००० भन्दा बढी शरणार्थीहरू रहेको बताएको छ। त्यस्तै लाखौं मानिसहरू युक्रेन भित्रै विस्थापित भएका छन् । सबैलाई खाना, आश्रय र अन्य आधारभूत आवश्यकताहरू चाहिएको छ । अझै १ करोड ४० लाख मानिसहरूले त सुरक्षित आश्रयस्थल खोजिरहेका छन् ।

वि.सं.२०७९ असार ७ मंगलवार १५:५८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...