back
NMB ad

राष्ट्र बैंकले संशोधन गर्यो सुनचाँदी खरिद, टकमरी र बिक्री सम्वन्धी कार्यविधि, के-के छन् नयाँ व्यवस्था ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्वन्धी कार्यविधि, २०७५ मा संशोधन गरेको छ ।

संशोधित व्यवस्था अनुसार खण्ड (ख) बमोजिम गणना गरिएको आधार मूल्यमा टकमरी गर्दाको जर्ती लगायतको लागत बापत प्रति ग्राम तीन सय रुपैयाँका दरले रकम थप गरि असर्फीको दैनिक बिक्री मूल्य निर्धारण गर्ने भएको । यसअघि प्रति ग्राम दुई सय रुपैयाँमा निर्धारण भएको थियो ।

यस्तै, सर्वसाधारण बाहेक नेपाल सरकारका निकाय वा निजी तथा सार्वजनिक संघ÷संस्थाहरुबाट असर्फी खरिदका लागि माग भइ आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसरी बिक्री गर्दा खण्ड (ख) बमोजिमको आधारमा मूल्यमा जर्ती लगायतको लागत बापत प्रति ग्राम पाँच सय रुपैयाँ थप गरि बिक्री मूल्य निर्धारण गर्ने व्यवस्था गरेको छ ।

यसअघिको कार्यविधिमा भने प्रति ग्राम तीन सय रुपैयाँ थप गरि बिक्री मूल्य निर्धारण गर्ने व्यवस्था रहेका थियो।

वि.सं.२०७९ असार ९ बिहीवार १६:४३ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...