back
NMB ad

बीमितको उपचार नियमित गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह

Kumari bank ad

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बीमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बीमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बीमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । “परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ । आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने व्यहोरा अवगत गराउँदै बीमितलाई नियमित स्वास्थ्योपचार प्रवाह गर्न सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले अनुरोध गरेको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

बीमा बोर्डले बीमितबापतको रकमको भुक्तानी नगरेको भन्दै त्रिवि शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज र नोबेल मेडिकल कलेजले बीमितको उपचार नगर्ने घोषणा गरेका थिए । उहाँले स्वास्थ्य बीमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था र परीक्षण भएका दाबीको १२ महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १८ लाख ५३ हजार ९५३ वटा बीमितको भुक्तानीको दाबी प्राथमिकताका साथ परीक्षण भइरहेको छ । उहाँले आव २०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख नौ हजार ५७ सङ्ख्या र चालु आवमा ३३ लाख ७५ हजार ८३७ बीमित सङ्ख्या गरी कूल ५२ लाख ८४ हजार ८९४ बीमित बिरामीको दाबी परीक्षण गरी रु आठ अर्ब १३ करोड भुक्तानी गरिसकेको जानकारी दिनुभयो ।

बोर्डमा दैनिक हुने दाबी बढ्दो क्रममा रहेको दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने अनुपातमा तादम्यता मिलाउन जनशक्तिको अभावमा केही विलम्ब हुने गएको उहाँको भनाइ रहेको छ । उहाँले आगामी आवमा दाबी परीक्षण कार्यलाई वैज्ञानिक प्रविधि अनपाई परीक्षण गर्ने तयारी भइरहेको बताउनुभयो ।

अहिलेसम्म ७७ जिल्लाका ७४६ स्थानीय तहमा करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । प्रतिपरिवार रु तीन हजार ५०० तिरेर एक लाखसम्मको उपचारबापतको सेवा बीमा कार्यक्रममा दिइने गरिन्छ ।

हाल सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दैनिक २५ देखि ३० हजार सङ्ख्यामा दाबी गरिरहेका छन् । देशभरिमा ४५० वटा स्वास्थ्य प्रदायक स्वास्थ्य संस्थासँग बोर्डले सम्झौता गरी बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

वि.सं.२०७९ असार १० शुक्रवार १३:३४ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...