back
NMB ad

रुसी क्षेप्यास्त्र आक्रमणमा परी १८ को मृत्यु, उद्धार कार्य जारी

Kumari bank ad

क्रेमेन्चुक । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

देशको क्रेमेन्चुक औद्योगिक क्षेत्रमा सोमबार रुसले ख —२२ (रसियनः एक्स —२२) नामक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

आक्रमणमा परेका अरु ३६ जना अझै पनि सम्पर्क विहीन रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।

“घटनामा परी घाइते भएका मध्ये २५ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गराइएको छ,” एक सरकारी अधिकारीले भने ।

स्थानीय अधिकारीहरूले आक्रमणका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको जानकारी दिएका छन् ।

आक्रमण भएका बेला झण्डै एक हजार मानिस घटनास्थलमा रहेका थिए । घटनामा परी हताहती भएकाहरूको यकिन भएको छैन ।

जर्मनीमा जी ७ शिखर सम्मेलन चलिरहेको र त्यसको मुख्य एजेण्डा युक्रेनमाथि भएको आक्रमणलाई बनाइरहेका बेला रुसले अर्को निर्मम आक्रमण गरेको हो ।

गत फेब्रुअरी २४ देखि सुरु भएको आक्रमण अहिलेसम्म पनि जारी छ । रुस—युक्रेन युद्ध अन्त्यका लागि सुरुमा दुई पक्षीय वार्ता भएपनि अहिले वार्ता पनि रोकिएको छ ।

वाह्य तथा अन्तर्राष्ट्रिय दवाव भइरहेपनि रुस र युक्रेन दुवै आ आफ्नो अडानमा रहेकाले युद्ध तत्काल रोकिने कुनै संकेत देखिएको छैन ।

निरन्तरको युद्धका कारण युद्धमा प्रत्यक्ष संलग्न दुवै देशसँगै विश्वलाई नै धेरै क्षति भएको छ । मानवीय, राजनीतिक र आर्थिक असर बढी देखिएको छ ।

वि.सं.२०७९ असार १४ मंगलवार १८:१२ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल,...

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:३१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २४ वैशाख : पश्चिम नवलपरासीमा रहेको...