काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा भने घटेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७९ असार १९ आइतवार ११:२९ मा प्रकाशित