back
NMB ad

फोहर उठाउने सम्झौता गरेको कम्पनीले नै फुटपाथमा थुपार्यो फोहर

Kumari bank ad

काठमाडौं । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ)मा थुपार्ने गरेको छ ।

काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो ।

गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउनुहुन्छ ।

फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआउनुभएका रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उहाँले बताउनुभयो ।

महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ ।

महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।

वि.सं.२०७९ असार १९ आइतवार १३:०३ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...