back
NMB ad

साढे २३ गुणाले बढ्यो आँखुखोला जलविद्युतको नाफा, विद्युत बिक्रीबाट २२ करोड २९ लाख आम्दानी

Kumari bank ad

काठमाडौं । आँखु खोला जलविद्युत कम्पनीले करिब साढे २ करोड नाफा कमाएको छ ।

कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले २ करोड ४८ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा २२५८.६५ प्रतिशत अर्थात साढे २३ गुणाले बढी हो । अघिल्लो आवमा कम्पनीले १० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि १५.१९ प्रतिशतले वृद्धि भई २२ करोड २९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १९ करोड ३५ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ५६ करोड १४ लाख ७ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको यो आम्दानी २ रुपैयाँ ९७ पैसाले वृद्धि भई ३ रुपैयाँ १० पैसा कायम भएको छ । प्रतिसेयर नेवटर्थ भने ७० रुपैयाँ १८ पैसा कायम भएको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार १३:०६ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...