back
NMB ad

पोखराका सहकारीकर्मीहरुको आव्हान : सहकारीको पैसा सहकारीमै राखौ

Kumari bank ad

पोखरा । पोखराका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा रहेको तरलताको रकम सहकारी बैंक तथा संघहरुमा नै राख्नु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सोमबार पोखरामा आयोजना गरेको सहकारीको समसामयिक अवस्था विषयक छलफल कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रमा रहेको रकमलाई सहकारी बैंक लगायत सहकारीका वित्तीय कारोबार गर्ने संघहरुमा राख्नु पर्नेमा जोड दिएका हुन ।

सहकारीलाई समस्या आउदा सहयोग गर्ने, समन्वय गर्ने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सहकारीका निकायहरुलाई सवल, सक्षम र प्रभावकारी बनाउन सहकारीको रकम सहकारीमै राख्नु पर्ने उनीहरुको सुझाव थियो ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि समग्र सहकारी अभियान एकतावद्ध हुनु पर्नेमा उहाँहरुको जोड थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष रविरमण तिवारी, पूर्व सञ्चालक संगिता गौतम तिमिल्सिना, जिल्ला वचत तथा ऋण सहकारी संघका पूर्व कोषाध्यक्ष नारायण आचार्य, कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका अध्यक्ष अपिल कोइराला, संस्थापक अध्यक्ष मिलन ढकाल लगायतले सहकारीमा पछिल्लो समय देखिएका समस्या समाधानमा ऐक्यवद्धता आवश्यक रहेको बताउनु भएको थियो । उहाँहरुले सहकारीको रकम अन्यत्र राख्ने, अप्ठेरो पर्दा अभियान खोज्ने प्रवृतिमा सुधार आवश्यक रहेको समेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले अभियानसंग सहकार्य नगर्ने, सहकारीको मर्म र भावना अनुसार नचल्ने तथा सहकारीलाई नै कमजोर बनाउने गरी काम गर्ने केही सहकारीहरुका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभयो ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि अभियानका तर्फबाट पहल भैरहेको जानकारी गराउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीको समसामयिक अवस्था र बैंकको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।

तरलता संकटका कारण सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि वित्तीय परिचालनसंगै सुशासन र व्यवस्थापनमा ध्यान दिनु पर्नेमा उहाँको जोड थियो ।

बैंकका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती र सञ्चालन बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो ।

वि.सं.२०७९ साउन २५ बुधवार १२:१० मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...