back
NMB ad

जग्गा विवादले सिँचाई आयोजनामा ढिलासुस्ती  

Kumari bank ad

खोटाङ । सम्झौताअनुसार काम भएको भए खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकतान्त्रिक सिँचाई योजना हाल सञ्चालनमा आइसकेको हुन्थ्यो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–सछितापोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका खेतमा सिँचाइ सुविधा पुगिसकेका हुन्थे । तर, सम्झौता म्याद नाघिसक्दा सिँचाई योजनाको करिब ६० देखि ६५ प्रतिशत मात्र काम सकिएको  जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए । २०७९ असार मसान्तभित्र काम सम्पन्न गर्नेगरी लोकतान्त्रिक सिँचाई आयोजनाको सम्झौता ७ मंसिर २०७६ मा गरिएको थियो ।

डिजाईन परिवर्तन, निर्माण कम्पनी स्काई रामसागर विवस जेभीको ढिलासुस्ती र कोभिड–१९ को महामारीका कारण लोकतान्त्रिक सिँचाई योजनाको काम सम्झौता अवधिमा पुरा हुन नसकेको हो । प्रदेश सरकारको ७ करोड ८२ लाखको लागतमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको सिँचाई आयोजनाको काम सुरु गरिएको हो । सुरुमा सिँचाई योजनाको नहर आरसीसी ढलान गर्नेगरी डिजाइन गरिएको थियो । सोही अनुसार रुटमा पर्ने क्षेत्रका जग्गाधनीबाट जग्गा व्यवस्था गरिएको थियो ।

तर, त्यसको केही समयपछि आरससीसी ढलानको सट्टा पाईप राख्नेगरी अर्को डिजाइन तयार पारेर काम अघि बढाइयो । आयोजनाको डिजाइन परिवर्तनले पाइप लाईन डाउन हुँदा नहरको रुट पनि परिवर्तन हुन पुग्यो । पाईप फुटेको खण्डमा जोखिम हुने भन्दै नयाँ रुटमा पर्ने जग्गादाताले जग्गा दिन अस्वीकार गरेपछि आयोजनाको काममा थप विलम्ब भएको हो । जमिनमा नगाडी तेस्र्याएर राखिएको पाईप फुट्दा विपत्ति निम्त्याउने त्रासले स्थानीयले जग्गा दिन अस्वीकार गरेको लोकतान्त्रिक सिँचाई योजना उपभोक्ता समिति अध्यक्ष खगेन्द्र राईले बताए ।

सिँचाई योजनाको ११ किलोमिटर पाईपलाईनको काम गर्नुपर्ने सम्झौता छ । मुहाननजिकै काठले पाइपलाई टेवा दिइएको पाइएको छ । ‘पहिला नहरको आरसीसी ढलान गर्ने भनेर रुटमा पर्ने जग्गा व्यवस्था गरिएको थियो । पछि ढलानको सट्टा पाईप राख्नेगरी डिजाइन परिवर्तन भयो,’ अध्यक्ष राईले भने, ‘पाईपलाई थोरै डाउन गर्दै राख्नुपर्ने भयो । त्यसो गर्दा पहिला सर्भे भएको ठाउँभन्दा तलबाट पाईपलाइन विस्तार गर्नुपर्ने अवस्था आयो । तर , नयाँ रुटमा पर्ने जग्गादाताले जग्गा दिन अस्वीकार गरे । जग्गा प्राप्त गर्न समय लाग्यो ।’ जग्गासम्वन्धी केही समस्या हल गरेर काम अघि बढाइएको र केही समस्या हल गर्न बाँकी रहेको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले जनाएको छ ।

निर्माण कम्पनी स्काई रामसागर विवस जेभीले माटो कटिङ, फिलिङ, मेसिनरी वाल, जाली, आरसीसी ढलान र पाइप जडानको ठेक्का लिएको छ । स्वयं उपभोक्ता समितिले पनि ५४ लाख बराबरको झाडी फाँड्ने, माटो कटिङ, फिलिङ, मेसिनरी वाल, जाली भर्ने र आरसीसी  ढलानको जिम्मा लिएको छ । उपभोक्ता समितिले हालसम्म २६ लाखको काम गरिसकेको जनाएको छ । हालसम्म आयोजनाको काम भएवापत ५ करोड निकासा भइसकेको छ । सम्झौता म्यादभित्र सिँचाई योजनाको काम नहुँदा स्थानीय निरास बनेका छन् ।

सिँचाई योजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । ‘जुन समयमा सक्नुपर्ने हो, त्यो समयमा सकिएन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘योजनाले सबैभन्दा बढी बतासेको इजरामा सिँचाई सुविधा पुग्ने छ । बारीलाई खेत बनाउने वातावरण बन्छ । तर काममा ढिलासुस्ती भएको छ ।’

वि.सं.२०७९ भदौ २८ मंगलवार ०७:०७ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...