back
NMB ad

बूढीगण्डकी आयोजना प्रभावितद्वारा मुआब्जा माग !

Kumari bank ad

काठमाण्डौं । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रभावित हुने गोरखा र धादिङका स्थानीय जनताले घर बनाउन रु दुई लाख अनुदान रकम र रोक्का गरिएको जग्गाको मुआब्जा माग गरेका छन् ।

गोरखा उद्योग वाणिज्य सङ्घअन्तर्गत आरुघाट उद्योग वाणिज्य सङ्घको पहलमा आइतबार आरुघाटमा भएको भेलाले अनुदान रकम वितरणमा ढिलाइ भएको र मुआब्जा वितरणमा आलटाल गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

आरुघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धिप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा धादिङस्थित विशालनगरका बूढीगण्डकी प्रभावित पनि सहभागी थिए । अन्य गाविसका भूकम्पपीडितसँग अनुदान वितरणका लागि सम्झौता सकिएको भए पनि बूढीगण्डकी डुबान क्षेत्रमा अहिलेसम्म अनुदान सम्झौता सुरु नगरिएको भन्दै उनीहरुले अनुदान वितरणको प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् । आरुघाटका गणेश श्रेष्ठका अनुसार बैठकले अनुदान, मुआब्जा माग गर्नेलगायत सात बुँदे निर्णण गरेको हो ।

“आरुघाट बजार डुब्ने हल्लाले व्यापार, व्यवसाय ठप्प भयो । बैंकबाट लिएको ऋणको ब्याज तिर्न सकेनौँ” श्रेष्ठले भने, “भूकम्पले घर भत्काएको हो अनुदान रकम दिएनन् । ऋणको ब्याज सरकारले वा राष्ट्र बैंकले मिनाहा गर्नुपर्छ । होइन भने मुआब्जा र अनुदान लेऊ ।” बूढीगण्डकी जलविद्युत्को जलाशयको सतहले आरुघाट बजार डुब्ने हल्ला चलेपछि विगत एक वर्षदेखि सो क्षेत्रमा जग्गाको किनबेच र व्यापार घटेको श्रेष्ठको भनाइ छ ।

गोरखाका विभिन्न १४ गाविसस्थित बूढीगण्डकी डुबान क्षेत्रका भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाले भने बूढीगण्डकी प्रभावितले छिट्टै निजी आवास निर्माण प्रयोजनका लागि अनुदान सम्झौता गर्न पाउनुको साथै घर बनाउने अनुदान रकम पनि पाउने बताएको छ ।

२४ साउन २०७३, १।००

वि.सं.२०७३ साउन २४ सोमवार १३:३९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...