back
NMB ad

आवश्यकता नभएपछि मन्त्री आचार्यलाई बर्खास्त गरेँ : मुख्यमन्त्री पोखरेल

Kumari bank ad

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा आवश्यकता नभएपछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरेको जानकारी दिएका छन् ।

‘मैले मेरो अधिकार प्रयोग गरेको हुँ । हिजो आवश्यक थियो राख्यौं, अहिले भएन हटाएँ,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन् । पत्रमा कुनै कुरा उल्लेख नगरिएपनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ ।   आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।

सोमबार पोखरेल गृहजिल्ला नवलपुर भएका कारण मंगलबार आएर हटाएका हुन् । आचार्यले आफुलाई मन्त्रीबाट हटाएको समेत जानकारी नभएको बताए । ‘के आरोप हो । किन हटाएको हो केही थाहा छैन,’ उनले भने, ‘मिडियामा एमालेलाई सहयोग गरेको भनेर सुनेको छु । मैले कसैलाई कतै सहयोग गरेको छैन ।’

आचार्यले आफू अब राजनीतिक रुपमा स्वतन्त्र रहेको बताए । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वहाँ नयाँ सरकार गठनका बेला मन्त्री मण्डलमा समावेश थिए । यसअघि पनि सरकार विरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर डा. बाबूराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो ।

गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद्  छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएका थिए ।

वि.सं.२०७९ कात्तिक २२ मंगलवार १५:५८ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...