back
NMB ad

सिन्धु विकास बैंकले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । सिन्धु विकास बैंकले साधारणसभा बोलाएको छ । कम्पनीले माघ २७ गते शुक्रबार धुलिखेलको होटेल सारथीमा सभा बोलाएको हो ।

संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने एजेण्डा रहेको छ।

लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ. व. २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको विवरणसंग सम्बन्धित अनुसुचीहरु छलफल गरी पारित गर्ने अर्को एजेण्डा रहेको छ ।

आ.व. २०७९/८० को लेखापरिक्षण गर्न बाह्य लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिमा संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधि गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभीने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पुरा गरी सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

वि.सं.२०७९ माघ ६ शुक्रवार ११:०१ मा प्रकाशित

You can share this post!

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...