back
NMB ad

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ९० रुपैयाँसम्म पाउने

Kumari bank ad

काठमाडौं। सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङक्न सम्बन्धी बिमाङ्किय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्विकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो।

कम्पनीले विभिन्न बीमालेखमा प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर तोकेको जनाएको छ।

कम्पनीले सावधिक बीमालेख योजनामा ९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिको लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ।

सावधिक तथा आजिवन बीमालेखमा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मको लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिलाई ५६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ र ३० वर्ष भन्दा माथिकोअवधिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

अग्रिम भुक्तानी सावधिक १० देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ तोकेको छ।

त्यसैगरी, चौरासी पूजा नियमित भुक्तानीमा १० देखि १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि ६५ रुपैयाँ र ३० वर्ष र सो भन्दा माथिको अवधिको लागि ७० रुपैयाँ बोनस दर बीमितले पाउने भएका छन्।

साथै,चौरासी पुजा एकल भुक्तानी अन्तर्गत १० देखि १४ वर्ष अवधिको लागि ७५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि८०रुपैयाँ,२० देखि २४ वर्षसम्मको लागि ८५ रुपैयाँ, २५ वर्ष देखि २९ वर्ष अवधि र ३० वर्ष भन्दामाथिको अवधिलाई ९० रुपैयाँको दरले बोनस निर्धारण गरिएको कम्पनीले जनाएको छ।

वि.सं.२०७९ माघ १५ आइतवार १२:४४ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...