back
NMB ad

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

Kumari bank ad

काठमाडौं । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशन शुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर एजेन्ट्स (नाट्टा ) बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ सस्थाहरुको सहकार्यमा दोस्रो संंस्करणको रुपमा आयोजना गरिएको सेल्स मिसन माघ १५ देखि १७ गते सम्म चल्नेछ ।

कार्यक्रमा नेपाल पर्यटन बोर्ड, नाट्टा विभिन्न एअरलाइन्स तथा भारताबाट ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) बाट कार्यकारी पधाधिकारी, भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती सहरका टूर अपरेटर र आन्तरिक पर्यटन व्यवसायी तथा भारतीय सञ्चारकर्मी गरि करिब ३०० जना सहभागी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै बांके जिल्लाबाट प्रतिनिधि सभा सदस्य सांसद डा.धवल शमशेर जबराले नेपाल भारतको लागि नजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउँदै यसको लाभ लिन भारतीयहरुलाई आग्रह गर्नु भयो । उहाँले छिट्टै नै नेपालजञ्जबाट दिल्ली,देहरादुन लगायतका सहरमा सिधा उडानको लागि पहल भइरहको जानकारी दिंदै यसबाट दुवै देशले फाइदा लिन सक्ने बताउनु भयो ।

यस्तै टाइका अध्यक्ष ज्योती मयालले नेपाल भारत मिलेर काम गर्दा दुवै देशको पर्यटनमा थप गतिशिलता ल्याउन सकिने भन्दै यसको सहकार्यको लागि टाई सधैं सकारात्मक रहेको बताउनु भयो ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले भारत नेपालको महत्वपूर्ण पर्यटकीय स्रोत बजार रहेकोले पर्यटन बोर्डले भारतलाई विशेष महत्व दिएको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट भारतीय व्यवसायीहरुलाई समेत नेपालबारे थप बुझ्ने र सहकार्यको सम्भावना विस्तार हुने बताउनु भयो ।

नाटाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनको लागि उतकृष्ट गन्तव्य रहेको बताउँदै भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधैं तयार रहेको बताउनु भयो । यस्तै नाटाको निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले पश्चिम नेपाल आफैमा सुन्दर पर्यटकीय गन्तव्य रहेको र यो कार्यक्रमबाट दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । पश्चिम नेपालको पर्यटनमा नयाँ र फरक सोचका साथ पर्यटकीय सम्भावनाको खोजी, विकास र व्यवसायिक विस्तारका लागि मार्ट सहयोगी हुने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनु भयो ।

मार्टमा आइतावार बीटुबी सेसन, नेपाल भारत पर्यटनबारे प्यालन डिस्कसन तथा सोमबार ट्राभल मार्टमा सहभागी भारतीय टूर अपरेटरहरुलाई बुद्ध एयरमार्फत पहिलोपटक कैलाश मानसरोवर दुरदर्शन उडान,बर्दिया राष्ट्रिय निकुन्जमा जंगल सफारी तथा तेस्रो दिन टाइको अधिवेसन सहित समापन कार्यक्रम आयोजना गरिने बोर्डका प्रवन्धक सूर्य थपलियाले जानकारी दिनुभयो । यस्तै कर्णाली नदीमा ¥याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराइने उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०७९ माघ १५ आइतवार १७:४५ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...