back
NMB ad

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाको आवेदन परेको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि २२ जनाको आवेदन परेको जनाएको छ ।  बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो ।

आवेदन पर्नेमा सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीइओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी रहेको बैंकले जनाएको छ ।

यसैगरी, बद्री गुरागाँई, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाई, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको सीईओका लागी आवेदन परेको हो ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्यांकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई सर्ट लिष्टिङ गरी अन्तर्वार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।

यसअघि बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो । त्यसलगत्तै सीईओका लागि बैंकले पुस २५ गते विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

वि.सं.२०७९ माघ १६ सोमवार १४:३७ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...