back
NMB ad

माया खोला हाइड्रोपावरको आइपीओमा पर्यो आवेदन ? यस्तो छ अपडेट

Kumari bank ad

काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब १२ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज माघ १६ गतेसम्ममा ९ लाख ७५ हजार ७०८ जनाले १ करोड १२ लाख १९ हजार १३० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणलाई निष्काशन गरेको १९ लाख ९२ हजार कित्ता शेयरको मागभन्दा ५.६३ गुणा बढी आवेदन हो ।

कम्पनीले माघ १३ गतेदेखि सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले १० लाख कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई २ लाख ४० हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता शेयर छुट्याएको छ। कम्पनीले बाँकि रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको हो ।

यसमा छिटोमा माघ १७ गतेसम्म र ढिलोमा माघ २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

वि.सं.२०७९ माघ १६ सोमवार १९:२९ मा प्रकाशित

You can share this post!

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार १२:४७

काठमाडौं । सोल्टिमोड,काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु...

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

वि.सं.२०८१ जेठ १४ सोमवार १२:१७

काठमाडौँ, १४ जेठ : मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:५९

काठमाडौँ, १४ जेठ : नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा...

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...