back
NMB ad

दश बीमा कम्पनीलाई बीमा प्राधिकरणको चेतावनी, कुन-कुन परे ?

Kumari bank ad

काठमाडौं । समयमा नै विवरण उपलब्ध नगराएको भन्दै नेपाल बीमा प्राधिकरणले १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ ।

प्राधिकरणले ३ वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटा कम्पनीलाई चेतावनी दिएको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफुले गरेको कारोबारको सम्पूर्ण विवरणसहितको वित्तीय विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

समयमै वित्तीय विवरण पेश गर्न नसकेका बीमा कम्पनीहरुलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

तोकिएको समय भित्र वित्तीय विवरण नबुझाउनेमा जीवन बीमा तर्फ गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै, ६ निर्जीवन बीमा तर्फ कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् । यस्तै हिमालयन रिइन्स्योरेन्सलाई पनि प्राधिकरणले वित्तीय विवरण नबुझाएको भन्दै चेतावनी दिएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका अनुसार समयमै वित्तीय विवरण नबुझाएका बीमा कम्पनीहरुलाई सचेत गराएको प्राधिकरणले जानकारी गराएको छ ।

वि.सं.२०७९ माघ १९ बिहीवार १४:४१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...