back
NMB ad

सानिमा जिआईसी इन्स्योरेन्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वित्तिय विवरण सार्वजनिक गरको छ । प्रकाशित वित्तिय विवरण अनुसार इन्स्योरेन्सले यस अवधिमा ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०२.२८ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ६१.६३ प्रतिशतले बढेर २३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १४ करोड २३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड ३२ लाख रुपैयाँ र बीमा कोषमा ३४ करोड ५३ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ८६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८७ पैसा रहेको छ ।

वि.सं.२०७९ माघ २९ आइतवार १३:२० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...