back
NMB ad

विप्रेषणले गर्दा मात्रै मुलुकको चालु खाता बचतमा !

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा भित्रिरहेको विप्रेषणबाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक संघको रजतजयन्ती कार्यक्रमको उद्घाटन गदृै उनले विप्रेषणलाई दिगो उत्पादनशील क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नुपर्ने बताए ।  उनले भने, “विप्रेषणले मुलुकको अर्थतन्त्र धाने पनि विदेशमा नेपाली श्रमको माग घट्दै गएकाले विप्रेषणको वृद्धिदर पनि घट्दै गएको छ । यसैले विप्रेषणलाई विदेशी मुद्रा आर्जनको दिगो स्रोतका रुपमा रहने कुरा शंकाष्पद छ ।”

पुँजी निर्माणका लागि युवाको श्रम, सीप र जोस जाँगर मुलुकको नवनिर्माणमा कसरी लगाउन सकिन्छ भन्नेतर्फ अर्थशास्त्रीको ध्यान जानुपर्ने उनको भनाई थियो । उनले आर्थिक विकासका लागि अवलम्बन गर्नुपर्ने खाकामा बुद्धिजीवी तथा अर्थशास्त्रीले अर्थपूर्ण र व्यावहारिक योजना बनाउने आशा आफूले लिएको धारणा राखे ।

प्रधानमन्त्री दाहालले संविधानले संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र कार्यान्वयन गर्ने अधिकारले राज्यका तहबीचको स्वायत्तताको प्रत्याभूति गरेको स्पष्ट पारे ।

उहाँले आर्थिक संघले आयोजना गरेको ‘नयाँ संवैधानिक संरचनाअन्तर्गत अन्तरसरकारी वित्त सम्बन्ध’ विषयको गोष्ठीले शासकीय संरचनामा वित्तीय सम्बन्ध र व्यवहार कस्तो हुने र जनताले चाहेको विकासको प्रारुप आफैँले तयार गरी देशको शासन प्रणालीमा अपनत्वबोध गर्न सक्ने सुझावसहितको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे ।

निर्यात विगतदेखि नै अत्यन्तै कमजोर भएकाले विगतका वर्षदेखि निर्यातले आयात धान्ने क्षमता नभएको बताउँदै उनले भने, “व्यापार घाटा सात खर्बभन्दा बढी भएको छ तर पनि विप्रेषणले गर्दा मुलुकको चालु खाता भने बचत नै रह्यो ।”

कार्यक्रममा संघका अध्यक्ष प्रा डा विश्वम्भर प्याकुरेलले राजनीतिक दलले आर्थिक विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण गरी प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।  संघका निवर्तमान अध्यक्ष प्रा डा मदनकुमार दाहालले आर्थिक सूचकाङ्कका आधारमा मुलुक नाजुक अवस्थामा रहेको उल्लेख गर्दै आर्थिक समृद्धिका लागि सरकारको विशेष ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा  संघका पूर्व अध्यक्ष डा भेषबहादुर थापा, प्रा डा  मदन दाहाल, डा बद्रीप्रसाद श्रेष्ठ र महेशकुमार उपाध्यायलाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः २०७३ भदौ २१

वि.सं.२०७३ भदौ २१ मंगलवार १८:२२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...