back
NMB ad

हात्तीको दिसाबाट बनेको एक किलो कफिलाई करिब १ लाख पर्ने !

Kumari bank ad

काठमाण्डौं । विश्वकै महँगो मध्येको एक कफि ‘ब्ल्याक आइभोरी ब्लेन्ड’ हो। उत्तरी थाइल्याण्डमा बन्ने यो कफि विश्वकै महँगो भएपनि यसबारे सुन्दा धेरैलाई घिन लाग्छ। एक किलोको करिब १ लाख रुपैयाँ पर्ने यो कफि हात्तीको लादी (दिसा) मा मिसिएका बीउबाट बन्छ।

यसका लागि सबैभन्दा पहिलो कफिको बीउ हात्तीलाई खुवाइन्छ। काँचो कफि खाएर हात्तीले पचाएपछि लादी दिन्छ। एक किलो कफि पाउन हात्तीलाई ३३ किलो काँचो कफि खुवाइन्छ।

हात्तीको लादीमा भएको बीउ निकाल्ने काम प्रशिक्षण प्राप्त व्यक्तिले गर्छन्। बीउ निकालेपछि त्यसलाई घाममा सुकाइन्छ र पछि पिसेर धुलो बनाइन्छ।

यति गरेर बनाएको कफि कडा भने हुँदैन।पाचन प्रक्रियाको बेला हात्तीको एन्जाइमले कफिको प्रोटिन हटाउने भएकाले यसमा कडापन नहुने बताइएको छ।

यसबाहेक हात्तीले खाने केरा, ऊखु लगायतका फलका कारण कफिमा फलफूलको बासना पनि आउँछ। यति धेरै मिहेनत गरेर बनाइएको ‘ब्ल्याक आइभोरी ब्लेन्ड’ कफि पक्कै महँगो त हुन्छ नै।

 २३ भदौ २०७३, १२।३०

वि.सं.२०७३ भदौ २३ बिहीवार १४:०८ मा प्रकाशित

You can share this post!

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...