back
NMB ad

विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या   

Kumari bank ad

ढोरपाटन, २७ वैशाख ।  पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको  विद्युत् पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन् ।

तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौँदेखि लघु जलविद्युत् आयोजनाकै बिजुलीमाथि निर्भर छन् । तर लघु जलविद्युत् आयोजना हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा नहर नै बगाइदिने गर्दा स्थानीय मारमा पर्दै आएका छन् । विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित हुने गरेको छ ।

वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान छन् । तर विद्युत् आपूर्ति हुन नसक्दा हस्तलिखित सेवा प्रवाह गर्नुपर्ने बाध्यता छन् । आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो–छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनुपरेको तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रासारण विस्तार नगरिँदा यहाँका नागरिकले समस्या खेप्नुपरेको उहाँको भनाइ छ ।

उक्त वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीनवटा बस्ती छन् । तीनवटै बस्तीमा तीनवटै साना लघु जलविद्युत् आयोजनाको बिजुली छ । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तीसमेत बाल्न गाह्रो हुने गरेको छन्त्यालले बताउनुभयो । नर्जाखानीमा ११ किलोवाट क्षमताको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाटको खालीखोला लघु जलविद्युत् आयोजना र भित्रिवनमा छ किलोवाटको बराहथानखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा छ । यी सबै लघु जलविद्युत् आयोजनामा दिनभरि पानी जम्मा गर्ने र बिहान–बेलुका बत्तीमात्रै बाल्ने गरी व्यवस्थापन गरिएको अध्यक्ष छन्त्यालको भनाइ छ ।

“बर्खामा खोला उर्लेर आउँछ, नहर र विद्युत् गृह बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ, हिउँदमा पानी ह्वात्तै घट्छ”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने हुन्छ, घटना दर्ता गर्नुपर्ने हुन्छ, बिजुली नै आउँदैन, हातले लेखेर काम गर्नुपर्छ ।”

अतिआवश्यक कागजात कम्प्युटरबाट गर्नु परे, विद्युत्गृहमा फोन गरेर एक–दुई घन्टा लाइन मागेर छिटोछिटो गर्नुपर्ने स्थिति रहेको उहाँको भनाइ छ । यस वडामा दुई सय ५० परिवारको बसोबास छ । यहाँस्थित नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । विद्युत् आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर थन्क्याउनुपरेको छ । हिउँदमा बिहान एक घन्टा र बेलुकी तीन घन्टा मात्र बत्ती बाल्न सकिने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले नर्जाखानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले छ महिनाभित्र नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिने बताउनुभयो ।

वि.सं.२०८० वैशाख २७ बुधवार ०८:३३ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...