back
NMB ad

सहकारीको ऋण तिर्दिन भन्ने छुट कसैलाई छैन : रजिष्ट्रार घिमिरे

Kumari bank ad

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् ।

राष्ट्रिय सहकारी बैंकको सदस्य सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले सहकारीको ऋण नतिर्नेहरुलाई कानुनी कारबाही गर्ने बताएका हुन् ।

मुलुकमा कानुन छ, सहकारीबाट ऋण लगेर तिर्दिन भन्ने अराजकतालाई कानुन अनुसार कारबाही हुन्छ । ऋणीको जग्गा तथा हकभोग लाग्ने एकाघरको सम्पत्ति समेत बिक्री गरेर ऋण तिर्ने कानुनी व्यवस्था छ । त्यसैले ऋण नतिर्ने छुट कसैलाई पनि नभएको घिमिरले भने ।

सहकारीमा धितो राखेको वा नराखेको ऋणीको हकभोग लाग्ने एकाघरको सम्पत्ति समेत बिक्री गरेर ऋण तिराउने सहकारी ऐनमा व्यवस्था छ । सहकारीबाट लगेको ऋण नतिरे राज्यले सहजीकरण गरेर ऋण तिर्ने वातावरण बनाउने घिमिरेले बताए ।

सहकारीका नाममा निजी सम्पत्ति जोड्ने, आफु र आफन्तका कम्पनी चलाउने र वित्तीय संकट देखाएर वचतकर्ताहरुको रकम फिर्ता नगर्नेहरुलाई कारबाही गरी वचतकर्ताहरुको रकम फिर्ता गराउनका लागि विभागले प्रक्रिया अगाडि बढाएको राजिष्टार घिमिरेको भनाई छ ।

सहकारी राम्रोसंग चलाउदै गर्दा वित्तीय क्षेत्रको संकटका कारण तरलता समस्या भएका सहकारीहरुले श्वेतपत्र जारी गरेर वचत फिर्ताका लागि समय तोक्न सक्ने व्यवस्था गरिएको छ । सहकारीको रकमबाट निजी सम्पत्ती जोड्न प्रयोग गर्नेहरुलाई कार्वाही गरेर वचतकर्ताको रकम फिर्ता गरिने उनले बताए ।

वि.सं.२०८० असार ६ बुधवार १२:१३ मा प्रकाशित

You can share this post!

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:२६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...