back
NMB ad

२०१७ भित्र १६ लाख पर्यटक भित्र्याउने एनआरएनएको महत्वकाँक्षी घोषणा !

Kumari bank ad

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१७ भित्र नेपालमा १६ लाख पर्यटक भित्र्याउने अभियान सुरु गरेको महत्वकाँक्षी घोषणा गरेको छ । नेपाल सरकार र एनआरएनए बीच गत वर्ष सम्झौता भएको “अतिथि देवो भव” प्रवद्र्धन कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै संघले सन् २०१७ को अन्त्य सम्ममा नेपालमा १६ लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको हो ।

“अतिथि देवो भव कार्यक्रममा एक व्याक्तिले ३ साथी नेपाल घुम्न पठाउने अभियान सुरु गर्न लागेका छौ,” एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रर्वद्धन नेपाल समितिका अध्यक्ष भवन भट्टले भने । बिहिबार नेपाल एआरएनए अन्तरगत रहेको पर्यटन प्रर्वद्धन नेपाल समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले विश्वका ७५ देशमा ५० लाख भन्दा बढी नेपालीहरु रहेको उल्लेख गर्दै नेपालको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले अव नेपालको प्रवद्र्धन गैरआवासीय नेपालीले गर्न सक्ने बताउँदै नेपाल सरकार सहकार्य गर्न तयार रहेको बताए । “अतिथि देवो भव कार्यक्रमबाट सुरु भएको सहकार्य अव निरन्तर रहने छ, यसले नेपालको पर्यटनलाई टेवा पुग्ने छ,” सचिव अधिकारीले भने । नेपालको पर्यटन विकासमा हवाई क्षेत्रको पहुँच ठुला शहरहरुमा विस्तार गर्न नसक्दा समस्या भएको उल्लेख गर्दै अव नेपाल वायुसेवा निगमलाई बलियो बनाउन जहाज खरिद प्रक्रिया अगाडी बढाएको उनले बताए । पर्यटनको पूर्वाधार निर्माणमा नेपाल सरकार लागि परकेो उल्लेख गर्र्दै गैरआवासीय नेपालीले पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा अधिकारीले जोड दिए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले विश्वका ७५ मुलुकमा संजाल रहेको संघले पर्यटनमा ठुलो योगदान गर्न सक्ने बताए । “७५ वटा देशमा विभिन्न गतिविधि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसंगको सहकार्यमा गर्ने गरी अतिथि देवो भव कार्यक्रम अगाडी बढाएको हो,” अध्यक्ष घलेले भने । उनले बोर्डलाई जुनसुकै कार्य गर्दा पनि संस्थागत सहकार्य गर्न सुझाव दिए ।

त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले गैरआवासीय नेपाली संघसँगको सहकार्यले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । “हामीले संघसंग मिलेर अतिथि देवो भव कार्यक्रमलाई अगाडी बढाएका छौ, यसको कार्यान्वयन सकारात्मक हुदै गएको छ,” जोशीले भने । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले हरेक वर्ष नेपालमा विदेशी पर्यटकको घुम्ने संस्कृति बढ्दै गएको पनि बताए । उनका अनुसार नेपालमा धेरै मात्रामा फुर्सदको समयमा घुम्ने मात्र नभएर मेडिकल, मनोरञ्जन, धार्मिकसहितका पर्यटकको पनि आकर्षण बढ्न थालेको छ ।

अभियानका प्रमुख डा. पुष्प अधिकारीले छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा साह्रै न्यून पर्यटक आगमन हुने गरेको बताए । उनका अनुसार विश्वभर पर्यटनमा अगुवाई गरेको देशको बीचमा रहेको नेपालको उपस्थिति बलियो बनाउनुपर्ने तर्क पेश गरे ।

डेनमार्कका लागि पर्यटन प्रवद्र्धन दूत सोमनाथ सापकोटा र रसियाका लागि पर्यटन प्रवद्र्धन दूत सपिला राजभण्डारीले आ–आफ्नो प्रस्तुतीकरण राखेका थिए । पर्यटन बोर्डले गाइडलाइन दिनुपर्ने, अन्तर्राष्ट्रिय पहुँचका लागि हवाई मार्गको विस्तार हुनुपर्ने, प्रवद्र्धनात्मक अभियानका सामग्री उपलव्ध हुनुपर्ने सहितको माग उनीहरुको थियो ।

प्रकाशित मितिः २०७३ असोज २०

वि.सं.२०७३ असोज २० बिहीवार १७:३६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...