back
NMB ad

पर्यटनमै भविष्य खोज्ने सुन्दरीका यस्ता छन् योजना

Kumari bank ad

काठमाडौँ, २७ असोज । ‘मिस टुरिजम’ को उपाधि चुमेकी ओरुषा थापा पर्यटनमैै आफ्नो भविष्य खोज्ने आकाङ्क्षामा जुटेकी छिन् ।

व्यवस्थापन (बिबिए)मा अध्ययनरत थापाले नेपालमै पहिलोपटक गत भदौ २५ मा आयोजित प्रतियोगितामा ‘मिस टुरिजम’ को ताज पहिरिएकी थिइन् । थापाले आफ्ना २० प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि हात पारेकी हुन् ।

विश्व पर्यटन बजारको आकर्षणले यी १८ वर्षे युवतीलाई पनि उत्प्रेरित गरेकाले पर्यटनले नै देशलाई समृद्धिको बाटोमा अघि बढाउने र जनताको जीवनस्तर उकास्सिने उनको विश्वास छ ।

काठमाडौँको रैथाने परिवारमा जन्मिएकी थापालाई देश विदेशमा अध्ययन गर्ने राम्रा अवसर नआएको हैन तर, आफ्नै देशमा केही पौरख गरौँ भन्ने अभिलाषाका साथ यिनी नेपाली पर्यटन बजारमा आफ्नो भविष्य पहिल्याउँदैछिन् ।

“राम्रा पढेलेखेका विद्यार्थी विदेशै जानुपर्छ भन्ने छैन, देशका लागि केही गरौँ भन्ने सोच सबैमा भए नेपालको समृद्धिका लागि धेरै कुर्नु पर्दैन, हामीजस्ता युवा–युवती देश बनाउने काममा तल्लिन हुनुपर्छ” – रासससँगको कुराकानीमा थापाले भनिन् ।

पुख्यौली पेसालाई निरन्तरता दिने सोचमा रहेकी थापाले बुबाको ट्राभल एजेन्सीको व्यवसायले आफूलाई आकर्षित गरेको र नेपालमा पर्यटनको भविष्य उज्ज्वल छ भनेर यो क्षेत्रलाई रोजेको बताइन् ।

पारिवारिक पेसाले गर्दा उनको घरमा धेरै पर्यटक अउँथे, सानैदेखि पर्यटक र पर्यटनबारे जानकार राख्ने थापाले पर्यटनलाई नै मुख्य पेसा बनाउने बताउँछिन् ।

प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त नेपालको पर्यटनमै उज्ज्वल भविष्य देख्ने यी सुन्दरीले पर्यटनको बजारीकरण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिन्छिन ।
भूकम्प र नाकाबन्दीपछि केही शिथिल बनेको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न र युवा पुस्तालाई परिचालन गर्नुपर्ने उनको धारणा छ ।

बाल्यकालदेखि नै स्कुलमा हुने हरेक प्रतियोगितामा उत्कृष्ट हुने गरेकी थापाले सफलतालाई चुम्दै मिस टुरिजमको ताज पनि जितिन् जुन उनको जीवनकै सबैभन्दा ठूलो खुसी थियो । उनी कलेजको पनि अब्बल छात्रा हुन् ।

अब खुसीसँगै उनमा केही गर्नैपर्छ भन्ने जिम्मेवारी पनि बढेको छ । पर्यटनमा कसरी अघि बढ्ने भन्ने अध्ययनमा रहेकी थापाले पर्यटनलाई कसरी प्रभावकारी प्रवद्र्धन गर्ने भन्ने योजना पनि बनाएको बताउँछिन् ।

पर्यटन प्रवद्र्धनका लागि अहिलेसम्म राम्रो अध्ययन अनुसन्धान नभएकै कारण बजारीकरण हुन नसकेको ठान्ने मिस टुरिजम थापाको पर्यटन उद्योगलाई विश्व बजारमा प्रवद्र्धनका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने सोच छ ।

पर्यटनसँगै कला क्षेत्रमा पनि उत्तिकै रुचि राख्ने थापा पर्यटनका लागि कला अपरिहार्य भएको बताउँछिन् । विभिन्न सञ्चारमाध्यममा उद्घोषणसमेत गरेकी थापाले अब म्युजिक भिडियोमा समेत लाग्ने योजना सुनाइन् । अहिले पाँचभन्दा बढी म्युजिक भिडियोका लागि माग भएको आएको सुनाउँदै थापाले भने चलचित्र क्षेत्रमा नै अभिनय गर्ने सोच नरहेको बताइन् ।
दसैैँ, तिहारलगायतका पर्वमा विदेश होइन पहिला देश घुमौँ अनिमात्र विदेश रोजौँ भन्ने आम नेपालीमा थापाको सुझाब छ । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार १४:३८ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...