back
NMB ad

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात   

Kumari bank ad

गल्याङ, २७ कात्तिक : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म रु २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिनुभयो ।

उहाँले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताउनुभयो । उहाँले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको रु २५ लाख बराबरको सयपत्रीका फूल निर्यात हुने दाबी गर्नुभयो ।

“फूल खेती र ड्रागन खेतीका लागि रु १० लाख बजेट विनियोजन गरेका थियौँ”, उहाँले भन्नुभयो, “फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ ।”

उहाँका अनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेको बताउनुभयो । उहाँले फूलखेती हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताउनुभयो ।

कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई आफूहरुले सिफारिस गरेको बताउनुभयो । उहाँले सयपत्री फूल कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गरिरहेको बताउनुभयो । उहाँले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको बताउनुभयो ।

नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले पालिकाले बजारको जिम्मा लिने भएपछि आफूहरु फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिनुभयो । “गाउँ पालिकाले विगत तीन वर्षदेखि फूलखेत गर्ने कृषकलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो, “उत्पादिन फूल पालिकाले नै बिक्री गरिदिने भएपछि हामीहरुलाई सजिलो भएको छ ।”

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कालीगण्डकी गाउँपालिकालाई फूलैफूलको पालिका बनाउने उद्देश्यअनुरुप कृषकलाई फूल उत्पादनतर्फ उत्प्रेरित गरिरहेको बताउनुभयो । उहाँले यस वर्ष गाउँपालिकाको अनुुदानमा १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनी जमिनमा सयपत्री फूलखेती गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष थापाले कालीगण्डकीमा सयपत्री फूूलखेतीका लागि उपयुुक्त माटो, हावा र पानी भएकाले आगामी वर्ष खेतीलाई विस्तार गरिँदै लगिने दाबी गर्नुुभयो । “कालीगण्डकी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको पालिका हो”, उहाँले भन्नुभयो, “यहाँ भएका होमस्टेलाई फूलको माध्यमबाट प्रवद्र्धन तथा विकास गर्ने, यहाँका धार्मिक तथा ऐतिहासिक महत्वका स्थल अवलोकन गराउने र आम्दानीको स्रोत बनाउने हाम्रो लक्ष्य हो ।”

अध्यक्ष थापाले पालिकावासीले गाउँपालिकाको योजनालाई साथ दिँदा आफूहरु सफल भएको दाबी समेत गर्नुभयो । उहाँले कृषकलाई ड्रागनखेती तर्फ आकर्षित गर्न पालिकाको लागानीमा ड्रागन खेती गरिएको र यसको खेती गर्न चाहने कृषकलाई पोल, बिरुवा, टायललगायतका वस्तुमा सहयोग गर्दै आएको बताउनुभयो ।

वि.सं.२०८० कात्तिक २७ सोमवार ०७:०३ मा प्रकाशित

You can share this post!

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार १२:४७

काठमाडौं । सोल्टिमोड,काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु...

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

वि.सं.२०८१ जेठ १४ सोमवार १२:१७

काठमाडौँ, १४ जेठ : मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:५९

काठमाडौँ, १४ जेठ : नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा...

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...